दफा ८६ख
निजामती सेवा ऐन, २०४९ बमोजिमको सुविधा पाउने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती कर्मचारीलाई तलब, भत्ता, विदा, उपदान तथा निवृत्तिभरणका सम्बन्धमा यस ऐनमा लेखिएभन्दा बढी सुविधा पाउने गरी व्यवस्था भएकोमा त्यस्तो व्यवस्था स्वास्थ्य सेवाका कर्मचारीलाई समेत लागू हुनेछ ।